Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोकतन्त्र बलियो बनाउन अहिलेको व्यवस्था परिवर्तन हुन जरुरी छ : नेता केसी

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएका छन् ।

नुवाकोटको विदुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले समानुपातिक निर्वाचन प्रणालीमा जनताको भन्दा नेताको नजिक भएकाहरू आउने बताए ।

समानुपातिकमा एक पटकभन्दा बढी हुन नपाइने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

उनले यो देशको अस्तव्यस्ततालाई उचित मार्गमा लैजान, भ्रष्टाचार नियन्त्रण गर्न र लोकतन्त्र बलियो बनाउन अहिलेको व्यवस्था परिवर्तन हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077