Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्तमान सरकार काम गर्न नभई मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको हो : केपी ओली

डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार काम गर्न नभई मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको आरोप लगाएका छन् ।

एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्राअन्तर्गत शुक्रबार डोटीको सिलगढीमा जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले अहिलेको सरकार मन्त्री बन्ने नीतिमा चलिरहेको बताए । अहिलेको सरकार नीतिविहीन तरिकाले सञ्चालन भइरहेको उनको आरोप छ ।

उनले देशमा अराजकता, आतंक फैलिरहेको र सरकार त्यसको पक्षपोषण गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077