Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'घुमुवा प्रहरी हुँ' भन्दै व्यापारीबाट पैसा असुल्दै हिँडेका गोविन्द पक्राउ

काठमाडौं । 'घुमुवा प्रहरी हुँ' भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोईरीले आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएका थिए ।

सो खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका–२३ सुगौली विर्ताबाट पक्राउ गरेको हो । उनलाई थुनामा राखी प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077