Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मानव बेचबिखन गरेको आरोपमा मुना पक्राउ

काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

बाँके बैजनाथ गाउँपालिका वडा-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल पक्राउ परेकी हुन् ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बाँकेजिल्ला प्रहरीको समन्वयनमा बिहीबार नेपालगन्जबाट पक्राउ गरेको हो ।

सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली पुर्‍याएर यौन गतिविधि हुने केन्द्रमा बेच्ने गरेको उनीमाथि आरोप छ ।

उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077