Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढोकाको ताल्चा फोरेर डाक्टरको घरबाट ९ थान घडीसहित ४८ सय डलर चोरी

काठमाडौं । ललितपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको विनायक कोलनीमा बस्ने २३ वर्षको सविन रोक्का, काठमाडौंको नागार्जुन भीमढुङ्गाका २७ वर्षीय मनोज नेपाली, मकवानपुरको बागमती गाउँपालिकाका २० वर्षीय राजु भोलन र रामेछापको गोठ गाउँका ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् ।

कार्तिक १२ गतेदेखि कार्तिक २१ गतेसम्मको अवधिमा ललितपुर महानगरपालिका–२५ मा पर्ने सैंबु आवास भैसेपाटीमा डा. फाहद आलमको घरमा चोरी भएको थियो । घरमा कोही नभएका बेला ढोकाको ताल्चा फोरेर अमेरिकी डलर, सुनको औँठी. म्याकबुक, ल्यापटपसहित चोरी भएको थियो ।

घोजतलासका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो । उनीहरूमध्ये दुई जनालाई प्रहरीले मतियार बनाएको छ । प्रहरीले चोरीको अमेरिकी डलर सटही गरेर कसुरदारलाई सहजीकरण गरिदिएको आरोपमा मनोज नेपाली र उमेश श्रेष्ठलाई मतियार बनाएको हो ।

मनोजले ६०० डलर र उमेशले १,५०० डलर साँटिदिएका थिए । मंसिर ८ गतेदेखि १२ गतेको बीचमा पक्राउ परेका उनीहरूलाई डाँका मुद्दामा ५ दिन म्याद थपी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077