Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्तमान सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुग्यो : केपी ओली

बैतडी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन्।

‘झुलाघाट चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले पहिचानको सवालमा एमालेले सबैभन्दा बढी आवाज उठाएको स्पष्ट पारे। उनले एमालेकै पहलमा समानुपातिकको व्यवस्था आएको बताए।

अध्यक्ष ओलीले पहिचानको राजनीति भनेको अराजकता, अरुलाई हमाला गर्ने र हिंसा फैलाउने हुन नसक्ने धारणा राखे। अध्यक्ष ओलीले देशलाई एकतामा जान नदिने पहिचानको नाममा अराजकता बढेको बताए।

अहिलेको सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको अध्यक्ष ओलीले दाबी गरे । उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077