Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झुलाघाटमा झण्डोत्तोलन गर्दै ओलीले उद्घाटन गरे ‘महाकाली–मेची पदयात्रा’

बैतडी । नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली-मेची यात्रा बिहीबार बिहान बैतडीको झुलाघाटाबाट सुरु भएको छ । महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका हुन् ।

पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहित शीर्ष नेतृत्व बुधबार बेलुका नै बैतडी पुगेको थियो। बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्राको उद्घाटनका लागि पुगेका थिए । कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्य पहाडी लोकमार्गको पदयात्रा सुरु गरेको हो । ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ ।

पदयात्राका क्रममा बैतडीको गोठालापानीमा बिहीबार आमसभाको आयोजना गरिएको छ । ओलीले सो सभालाई सम्बोधन गर्नेछन्।

पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५मा डोटीको सिलगढी र मंसिर १६मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ। मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन लागिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077