Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जलवायुसम्बन्धी सम्मेलन यूएईमा आजदेखि, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । जलवायुसम्बन्धी सम्मेलन कोप–२८ आजदेखि यूएईको दुबईमा सुरु हुँदैछ । विश्वका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न दुबईमा भेला भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' गएराति यूएई पुगिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट पर्सि सम्बोधन गर्ने छन् ।

यो सम्मेलनमा नेपालको मुख्य एजेन्डा जलवायु परिवर्तन र त्यसबाट हिमालय क्षेत्रमा परेको असर तथा त्यसको न्यूनीकरणका लागि पहल रहेको छ।

प्रधानमन्त्री प्रचण्ड भोलि र पर्सि ‘विश्व जलवायु शिखर सम्मेलन’ को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन् । उनी मङ्सिर १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077