Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको मध्यपहाडी पदयात्रा झुलाघाटबाट सुरु हुँदै, उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले आजदेखि मध्य पहाडी लोकमार्ग हुँदै मेची महाकाली पदयात्रा सुरु गर्दैछ । बिहीबार बिहान बैतडीको झुलाघाटमा एक समारोहकाबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्दै छन् ।

त्यसका लागि अध्यक्ष ओली बुधबारै बैतडी पुगेका छन् । बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष ओलीले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ । एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू बैतडी पुगेका छन्।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्गको यात्रा सुरु गर्न लागेको हो । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077