Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको उपसभापति बने डा. स्वर्णिम, पाए अर्यालपछिको वरीयता !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापतिमा मनोनीत गरेको छ ।

महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा. वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ ।

कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका डा. वाग्ले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडी सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077