Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी पर्साका अनुसार मंगलबार अपराह्न १ बजेतिर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर०५ एआर ८१०१ भारतीय नम्बरको मोटसाइकलमा सवार भारतीय नागरिकलाई जाँच गर्दा उनले प्रयोग गरेको हेलमेटबाट १० लाख नेपाली रुपैयाँ बरामद भएको हो ।

वीरगन्ज महानगरपालिका-१६ भन्सार रोडस्थित १३ नम्बर गण र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077