Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले अष्ट्रेलियालाई दियो २३६ रनको विशाल लक्ष्य

काठमाडौं । दोस्रो टी-२० आई क्रिकेटमा भारतले अष्ट्रेलियालाई २३६ रनको विशाल लक्ष्य दिएको छ ।

विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको हो ।

भारतका ओपनर रितुराज गायकवाडले ५८ र अर्का ओपनर यशस्वी जैसवालले ५३ रन बनाउदै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशन ५२ रनमा आउट हुँदा सुर्यकुमार यादव १९ रनमा क्याच पभेलियन फर्किए ।

रिंकु सिँह ३१ रनमा नटआउट रहँदा तिलक बर्मा ७ रनमा नटआउट रहे । अष्ट्रेलियाका नाथन एलिसले ३ र मार्कस स्टोइनिसले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077