Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

पोखरा । प्रहरीले सुन पसलको ताला काट्दाकाट्दै एक बालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् ।

शनिबार राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए ।

उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077