Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौती पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले अहिले एकथरी मानिस जातीय रुपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक अतिवाद र त्यसबाट कतै न कतै असहिष्णुता, सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए ।

राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने माक्र्सवादी भएको र आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077