Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेता शेखर कोइरालाले भने – किसानले पाउने ऋण ठूलाबडा व्यापारीले लिएका छन्

    नेता शेखर कोइरालाले भने – किसानले पाउने ऋण ठूलाबडा व्यापारीले लिएका छन्

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 804
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले एकै व्यक्ति बैंक सञ्चालक र उद्योगी व्यवसायी हुन नहुने बताएका छन् ।

    नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेता कोइरालाले बैंक सञ्चालक र उद्योगी व्यवसायीलाई अलग गर्नुपर्ने बताएका हुन् ।



    उद्योगी र बैंक सञ्चालकका न्यून ब्याजमा किसानले ऋण नपाउने र लिएको ऋणको ब्याज अत्याधिक भएको कोइरालाले बताए ।



    नेता कोइरालाले भने,‘यहाँ धेरै किसान साथीहरु देखेको छु, तपाईहरु बैंकमा जानुहुन्छ, कृषकलाई ५ प्रतिशतमा ब्याजमा लोन दिने भनिरहेको छ सरकारले, तर मलाई लाग्दैन तपाईंहरुले पाँच प्रतिशत ब्याजदरमा ऋण पाउनुभएको छ । कसले पाइरहेको छ भन्दा जो ठूला बडा ब्यापारी छन्, ब्यावसायी छन्, उनीहरुले मात्रै त्यसरी पाइरहेका छन् ।’

    यो समस्या समाधानका लागि बैंक सञ्चालक र उद्योगी व्यावसायी एकै व्यक्ति हुन नहुने कोइरालाले बताए । बैंकले ठूलो ऋण तुरुन्तै दिने तर सानो आकारको ऋण नदिने उनको भनाइ छ । ऋण दिएपनि ब्याज अध्याधिक बढ्ने कोइरालाको गुनासो छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार