Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रको मानमर्दन गर्ने विदेशी चलचित्रमा रोक लगाउन मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले ’चलचित्र जाँच समितिको कार्यविधि, २०७४’लाई पूर्ण कार्यान्वयन गर्न चलचित्र जाँच समितिलाई ध्यानाकर्षण गराएको छ ।

मेयर बालेन्द्र साह (बालेन)ले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका हुन् ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।

समितिले गर्दै आएको कार्यले चलचित्रबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्नको लागि गरेको कामको लागि मेयर बालेनले व्यक्तिगत र महानगरपालिकाको तर्फबाट धन्यवाद दिएका छन् ।

कार्यविधिमा नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउने, पञ्चशीलता सिद्धान्त र शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउने विषय उल्लेख छ ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउने समेत उनले माग राखेका छन् ।

यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह छ । सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर बालेनले पत्र लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077