Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, यी हुन् एजेण्डा

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मंसिर १४ गतेदेखि सुरु गर्ने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ का बारेमा भइरहेको तयारीबारे छलफल हुनेछ । अभियान बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।

यसैगरी, भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँमा गर्ने प्रदर्शन, पार्टीको आन्तरिक जीवन, देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077