काठमाडौं । न्याय परिषद्को बैठकले मुख्य न्यायाधीशसहित उच्च अदालतका १४ जना न्यायाधीशहरूको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गरेको हो ।
जसअनुसार, उच्च अदालत दीपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला उच्च अदालत, पाटनमा आउने भएका छन् ।
यस्तै विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई तोक्न न्यायपरिषद्ले परामर्श दिएको छ ।
यसैगरी मंगलबार बसेको न्याय परिषद्को बैठकले ६ जना नयाँ मुख्य न्यायाधीश नियुक्तिका लागि पनि सिफारिस गरेको छ। उनीहरूको नियुक्ति प्रधानन्यायाधीशले गर्नेछन्।
Leave a Reply