Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रसुवामा १२ तोला सुनसहित तीनजना पक्राउ

काठमाडौं । रसुवामा १२ तोला सुनसहित प्रहरीले तीन जनालाई पक्राउ छन् ।

पक्राउ पर्नेमा आमाछोदिङ्‍मो गाउँपालिका १, हाकुका ४४ वर्षीय सिने वाङ्दी तामाङ, वडा नम्बर ५ चिलिमेकी १६ वर्षीया किशोरी लाक्पा बुटी तामाङ र वडा नम्बर ४ की २३ वर्षीय लक्ष्मी तामाङ पक्राउ परेका हुन् ।

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले रसुवागढी नाकाबाट आइतबार साँझ पक्राउ गरेको हो ।

बरामद गरिएको सुनको मूल्य १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ रहेको छ । प्रहरीले थप आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077