Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भारतलाई घरेलु मैदानमा हराउँदै अस्ट्रेलियाले छैठौंपटक उचाल्यो विश्वकपको उपाधि

    भारतलाई घरेलु मैदानमा हराउँदै अस्ट्रेलियाले छैठौंपटक उचाल्यो विश्वकपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै अस्ट्रेलियाले छैटौँपटक विश्वकपको उपाधि उचालेको हो ।

    आइतबार भएको १३ औँ संस्करणको फाइनलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्यो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो ।



    अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए । हेड १ सय २० बलमा १ सय ३७ रन बनाएर आउट भए । यस्तै मार्नुस लाबुशेन ५८ रनमा नटआउट रहे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले २ विकेट लिए ।



    त्यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन मात्र जोड्न सक्यो । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

    यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । दुईपटकको च्याम्पियन भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार