Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट फाइनल : अष्ट्रेलियाले कटायो १५० रन, दबाबमा भारत

    विश्वकप क्रिकेट फाइनल : अष्ट्रेलियाले कटायो १५० रन, दबाबमा भारत

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले १५० रन पुरा गरेको छ ।

    उपाधि जित्न भारतले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलियाले ३० ओभरमा ३ विकेट गुमाउँदै १६७ रन जोडेको हो ।



    अष्ट्रेलियाका लागि डेभिड वार्नर ७ रनमै आउट भए भने मिचेल मार्स पनि १५ रनमै आउट भए । यस्तै स्टेभिन स्मिथ पनि ४ रनमै आउट हुँदा ट्राभिस हेडले अष्ट्रेलियालाई उकासेका छन् ।



    उनले यो समाचार तयार पार्दासम्म नटआउट ८६ रन बनाएर खेलिरहेका छन् भने मार्नस लाबुसेन ३७ रन बनाएर खेलिरहेका छन् ।
    अष्ट्रेलियाली ब्या६्सम्यान क्रिजमा जमिरहँदा घरेलु टोली भारत दबाबमा परेको छ। त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार