Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • एकदिवसीय विश्वकप : विराट कोहली ५४ रन बनाएर आउट

    एकदिवसीय विश्वकप : विराट कोहली ५४ रन बनाएर आउट

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 471
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारत र अस्ट्रेलियाबीचको खेलमा विराट कोहली ५४ रन बनाएर आउट भएका छन्।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको खेलमा चौथो विकेटको रुपमा कोहली आउट भएका हुन् ।



    अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित चार विकेट गुमाएको छ।



    कोहलीलाई अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरे। त्यतिबेला भारतले ४ विकेटको क्षतिमा १४८ रन जोडेको थियो।

    भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६।२ ओभरमा चौका प्रहार गरेका थिए। अहिले राहुल र रविन्द्र जडेजा ब्याटिङ गरिरहेका छन्।

    भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए। दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए।

    उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्को ओभरमा कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०।२ ओभरमा ८१ रन जोडेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार