काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप फाइनलमा भारतले पहिलो ब्याटिङ गरिरहेको छ ।
अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा अष्ट्रेलियासँग टस हारेर ब्याटिङको निम्तो पाएको भारतले कूल १०० रन नपुग्दै तीन विकेट गुमाएको हो।
शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।
दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवले त्रविस हेडबाट क्याच गराए।
उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्को ओभरमा कप्तान प्याट क्युमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो।
१ लाख ३० हजार दर्शक आउटने रंगशाला हुने खेलका लागि दुवै टिमले कुनै खेलाडी परिवर्तन गरेका छैनन्। आजको खेल अहमदाबादको पिच नम्बर पाँचमा भइरहेको छ। यो पिच भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएको पिचभन्दा फरक हो।
Leave a Reply