Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका ६ जना प्रहरीको मृत्यु

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका ६ प्रहरीको मृत्यु भएको छ ।

राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको हो।

दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ । सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए।

दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको थियो । ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको थियो।

दुर्घटनामा परी नागौर जिल्लाको खिन्वसर थानाका प्रहरी जवान रामचन्द्र, कुम्भराम, थानाराम, लक्ष्मण सिंह र सुरेशको घटनास्थलमा मृत्यु भएको थियो ।

डीजीपी मिश्राका अनुसार दुई घाइतेलाई ग्रीन कोरिडोरबाट जोधपुर एमडीएम अस्पताल लगिएको थियो । त्यसक्रममा बाटोमा एक जवानको मृत्यु भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077