Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट : उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

    विश्वकप क्रिकेट : उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 996
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।

    नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।



    जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।



    ५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो। २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार