Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले जनसंगठनको विशेष बैठक बस्दै, सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं । आज नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको विशेष बैठक बस्दै छ ।

नेकपा एमालेले मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि संयन्त्रको विशेष बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको बताइएको छ ।

मङ्सिर ७ गते युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077