Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्लोबल साउथ समिटमा प्रचण्डले भने - जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनिरहेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार बहन गरिरहेको बताए ।

उनले भनेका छन्, ‘हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ ।

निर्धारित महत्वाकांक्षालाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ।’ यस्तै प्रधानमन्त्री प्रचण्डले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077