Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

    दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 849
    SHARES

    काठमाडौं । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलियाले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

    बिहीबार कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।



    अस्ट्रेलियाका ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका गेराल्ड कोट्जी र तबरेज शाम्सीले समान २ विकेट लिए ।



    यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

    अब अस्ट्रेलियाले उपाधिका लागि फाइनलमा आउँदो आइतवार अहमदाबादमा भारतसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार