Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट सेमिफाइनल

    दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य

    दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 753
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।

    कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए ।



    उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।



    अस्ट्रेलिया ७ पटक फाइनलमा पुग्दा ५ पटक विजेता बनेको छ भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन ।

    आजको खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार