Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • वाणिज्य बैंकहरूले घटाए निक्षेप ब्याजदर

    वाणिज्य बैंकहरूले घटाए निक्षेप ब्याजदर

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 2K
    SHARES

    काठमाडौं । मङ्सिर महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

    मङ्सिरका लागि २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैङ्कले कात्तिककै ब्याजदर यथावत् राखेका छन् ।



    मङ्सिरमा प्राइम कमर्शीयल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर यथावत् रहेको जनाएका छन् । माछापुच्छ्रे बैङ्कले मात्र मङ्सिरमा निक्षेपको ब्याजदर बढाएको छ ।



    अरू सबै बैङ्कले घटाएका छन् । कात्तिकको तुलनामा मङ्सिरमा वाणिज्य बैङ्कले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

    कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मङ्सिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ । मङ्सिरमा वाणिज्य बैङ्कहरूबिच निक्षेपको ब्याजदर १.६३५ प्रतिशतसम्म फरक भएको छ ।

    अधिकतम दिनले १०.६०३ प्रतिशत र न्यूनतम दिने ८.९६८ प्रतिशत ब्याजदर दिने भएका छन् । मङ्सिरमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एनआइसी एसिया बैङ्कले घटाएको छ । कात्तिकको तुलनामा मङ्सिरमा एनआइसीले २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ।

    कात्तिक महिनामा ११.००३ प्रतिशत रहेको बैङ्कको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ८.९६८ प्रतिशतमा झारेको छ । एनएमबी बैङ्कले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएको छ ।

    कात्तिकमा ११.००३ प्रतिशत रहेको एनएमबीको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ९.७६ प्रतिशतमा झारेको छ । मङ्सिरमा निक्षेपको सबैभन्दा कम ब्याजदर एनआइसी एसिया बैङ्कको चार्टर्डको रहेको छ ।

    यसले व्यक्तिगत मुद्दतीमा ८.९६८ प्रतिशत ब्याजदर दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड ८.९७ प्रतिशत, सानिमा, प्रभु, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैङ्कले ९ प्रतिशत ब्याजदर दिने भएका छन् ।

    नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास, ग्लोबल आइएमई, एनएमबी, सिटिजन्स र सिद्धार्थ बैङ्कले ९ देखि १० प्रतिशतको बिचमा ब्याज दिने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार