Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यालिफोर्नियामा बाइडेन र सीबीच भेटवार्ता

एजेन्सी । अमेरिका र चीनका राष्ट्रपतिबीच क्यालिफोर्नियामा भेटवार्ता भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो ।

दुई देशबीचको तिक्त सम्बन्ध सुधार्न बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको तिक्तता घटना सहयोगी बन्ने अपेक्षा गरिएको छ।

भेटवार्तापछि करिब २० मिनेट लामो पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताईएको छ ।

राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने बताएका थिए । उनले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुमधुर बनाउनका लागि अधिक सञ्चार, अधिक सम्वाद र अधिक परामर्शमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077