Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पिकर बजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर १५ वर्षका एक किशोरको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका–५ पुरानो झागाझोलीका १५ वर्षका जस्बिन रानामगरको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो ।

स्पिकर बजाउने क्रममा विद्युत् सर्ट भइ करेन्ट लागेपछि उनी बेहोस भएका थिए ।

उपचारको लागि तत्कालै एम्बुलेन्सद्धारा आत्मीय अस्पताल खाल्टेमा लगिएकोमा राति डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077