Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजधानीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मा रहेका छन् ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077