Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय विभूति साख्वाको प्रतिमामा प्रधानमन्त्री प्रचण्डद्वारा माल्यार्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् ।

मङ्गलवार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान शंखधर चोक, मध्यपुर ठिमीद्वारा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077