Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामाजिक न्यायको इतिहासमा शंखधर साख्वाको भूमिका अविस्मरणीय : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।

नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तकका रुपमा रहेको बताए ।

नेवारी समुदायमा जन्मिएर सिंगो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेको बताएका छन् ।

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उनले नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077