Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुनः बढ्यो दिल्लीको प्रदूषण, कृत्रिम वर्षाको तयारी

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित पुट खुर्द, पीजीडीएभी कलेज, अमेरिकन दूतावासलगायत क्षेत्रमा वायुको गुणस्तर सूचक एअर क्वालिटी इन्डेक्स ५०० हाराहारी पुगेको छ ।

यसलाई मानव स्वास्थ्यका दृष्टिले ‘खतरनाक’ मानिन्छ । त्यहाँ २.५ माइक्रोन (पार्टिकुलेट म्याटर) भन्दा मसिना प्रदूषक कण (पीएम २.५) हरूको स्तर पनि ४०० भन्दा निकै माथि पुगेको छ ।

दिल्लीमा विगत केही सातादेखि प्रदूषणको मात्रा बढ्दै गए पनि गत साताको अन्तिममा सामान्य वर्षा भएपछि यो केही नियन्त्रणमा आएको थियो ।

तर, दिवालीका दिन शहरभरि अत्यधिक मात्रामा पटाका पड्काइएका कारण त्यसको धुवाँ फैलिएर पुनः अचानक प्रदूषणको मात्रा खतराको स्तरमा पुगेको हो ।

यो स्तरको वायुप्रदूषणले मानिसहरुको ज्यान नै लिनसक्ने सम्भावना हुने वैज्ञानिकहरू बताउँछन् । दिल्लीमा सन् २०२१ यता पीएम २.५ का कारण मृत्यु हुनेको संख्या २५ हजारभन्दा बढी भएको ग्रीपपिस नामक संस्थाले जनाएको छ ।

यो वर्ष मात्रै प्रदूषणका कारण दिल्लीको अर्थतन्त्र ३ अर्ब ७० करोड अमेरिकी डलरबराबरको क्षति भइसकेको पनि उसले जनाएको छ । प्रदूषणका कारण दिल्ली एनसीआरमा विद्यालयहरु बन्द गरिएका छन् ।

सकेसम्म घरबाहिर ननिस्कन सरकारले एडभाइजरी जारी गरेको छ । दिल्ली सरकारले प्रदूषणको मात्रा घटाउन कृत्रिम वर्षा गराउनेसमेतको तयारी गरेको छ ।

इन्डियन इन्स्टच्युट अफ टेक्नोलोजी (आईआईटी कानपुर) सँगको सहकार्यमा दिल्लीमा २१ नोभेम्बरका दिन कृत्रिम वर्षा गराउने तयारी गरिएको छ । यसका लागि सरकारले आईआईटीसँग प्रस्ताव मागिसकको छ भने आईआईटीले पनि प्रस्ताव पेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077