Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भारत अपराजित रहँदै विश्वकप क्रिकेटको सेमिफाइनलमा

    भारत अपराजित रहँदै विश्वकप क्रिकेटको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा अपराजित रहँदै घरेलु टोली भारत सेमिफाइनलमा पुगेको छ ।

    आइतबार भएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत समूह चरणका सबै ९ खेलमा जितकासाथ सेमिफाइनलमा पुगेको हो । जितको लागि ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अलआउट भयो ।



    नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ५४ रन बनाए । भारतका कुलदीप यादव, रविन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले समान २ विकेट लिए ।



    त्यस्तै, विराट कोहली र रोहित शर्माले एक/एक विकेट लिए । भारतले नेदरल्यान्ड्ससँगको खेलमा आफ्ना ९ खेलाडीलाई बलिङ गरायो । त्यसअघि बेङ्लोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो ।

    भारतका श्रेयस ऐर सर्वाधिक १ सय २८ रनमा अविजित रहे । लोकेश राहुल १ सय २ रनमा आउट भए । रोहित शर्मा ६१, शुभमन गिल र विराट कोहली ५१ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डी लिडले २ तथा रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक/एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार