Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भारतले नेदरल्यान्ड्सलाई दियो ४११ रनको विशाल लक्ष्य

    भारतले नेदरल्यान्ड्सलाई दियो ४११ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले  नेदरल्यान्ड्सलाई जितका लागि चार सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

    बेंगलौरस्थित स्टेडियममा टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली भारतले निर्धारित ओभरमा केवल चार विकेट गुमाएर चार सय १० रन बनाएको हो ।



    जारी विश्वकपमा भारत हालसम्म अपराजित छ । भारत यसअघि नै प्रारम्भिक चरणको विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।



    भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले सतकीय योगदान गरे । उनले टोलीको खातामा अविजित एक सय २८ रनको योगदान गरे ।

    उनले केवल ९४ बलको सामना गरी पाँच छक्का र १० चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान केएल राहुलले पनि टोलीका लागि उत्कृष्ट सतकीय पाली खेले ।

    नेदरल्यान्ड्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । यो खेलमा भारतलाई हराउन सके नेदरल्यान्ड्स सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार