Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

झापा । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी रहेका छन् ।

प्रहरीका अनुसार उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका ८ मा रहेको चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077