Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट : अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २४५ रनको लक्ष्य

    विश्वकप क्रिकेट : अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २४५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 483
    SHARES

    काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ ।

    अहमादाबाटस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४४ रन बनायो ।



    अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाई अविजित ९७ रन बनाए ।



    यस्तै रहमानुल्लाह गुरबाजले २५, इब्राहिम जदरानले १५, रहमत शाहले २६, हसमतुल्लाह साहिदीले दुई, ईक्रम अखिलले १२, मोहम्मद नाबीले दुई, रासिद खानले १४, नुर अहमदले २६ र मजिब उर रहमान आठ रन बनाए ।

    यस्तै दक्षिण अफ्रिकाका बलर जेराल्ड गोट्जी एक्लैले चार विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार