Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको आग्रह - पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्नू

काठमाडौं । नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।

साथै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको छ । यदि त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077