Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • भूकम्प पीडितका लागि एनसेलले गर्‍यो कर्णाली सरकारलाई ५० लाखको चेक हस्तान्तरण

    भूकम्प पीडितका लागि एनसेलले गर्‍यो कर्णाली सरकारलाई ५० लाखको चेक हस्तान्तरण

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 648
    SHARES

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    एनसेलले बिहीबार आफ्नो प्रतिबद्धताअनुरूप कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय, सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो ।



    चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्री कृष्णबहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए ।



    कार्तिक १७ गतेको विनाशकारी भूकम्पपछि एक जिम्मेवार अत्यावश्यक सेवा प्रदायकका रूपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराएको थियो ।

    कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरूमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्‍याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको जनाएको छ । यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग झण्डै एक करोड पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार