Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड विश्वकपको सेमिफाइनल नजिक

    श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड विश्वकपको सेमिफाइनल नजिक

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड श्रीलंकालाई हराएको छ । बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा आज भएको खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुगेको हो ।

    श्रीलंकालाई हराउने क्रममा न्यूजिल्याण्डले १७२ रनको लक्ष्य खेल सकिन २६.४ ओभर बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । न्यूजिल्याण्डलाई जिताउन डेभोन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए ।



    श्रीलंकाका एञ्जेलो म्याथ्युजले २ तथा दुशमान्था चमिरा र महेश थिकसेनाले समान १ विकेट लिए । पहिला ब्याटिङ गरेको श्रीलंकाले ४६.४ ओभरमा १७१ रनमा अल आउट भएको थियो । उसका लागि कुशल परेराले ५१ रन बनाएका थिए ।



    श्रीलंकामाथिको जितले न्यूजिल्याण्डको १० अंक भएको छ र उ सेमिफाइनल होडमा रहेका पाकिस्तान र अफगानिस्तान भन्दा रनरेटमा अघि छ । ८ अंक रहेको पाकिस्तानले इंग्ल्याण्डसँग र ८ अंक नै रहेको अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार