Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलंका भिड्दै

    विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलंका भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 486
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलङ्का भिड्दैछन् । यो खेल बेङ्लोरमा नेपाली समय अनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

    शुरुवाती चार खेल जितेको न्युजिल्यान्ड लगातार चार हारका कारण सेमिफाइनलमा पुग्न सङ्घर्षमा छ ।



    न्युजिल्यान्ड ८ खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । आजको खेल जितेमा न्युजिल्यान्डको १० अङ्क हुनेछ ।



    यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार