Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट : साबिक विजेता इंग्ल्याण्डको दोस्रो जित, नेदरल्याण्ड्स पराजित

    विश्वकप क्रिकेट : साबिक विजेता इंग्ल्याण्डको दोस्रो जित, नेदरल्याण्ड्स पराजित

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 816
    SHARES

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साबिक विजेता इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । बुधबार पुणेमा भएको खेलमा इंग्ल्याण्ड १६० रनको विशाल अन्तरले विजयी भएको हो ।

    इंग्ल्याण्डले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ३७.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।



    नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सार्वधिक ४१ रन बनाए भने कप्तान स्कट एडवार्डस्ले ३८ तथा साईब्रान्ड एन्जेलबर्चले ३३ रनको योगदान दिए ।



    इंग्ल्याण्डका लागि मोइन अली र आदिल रसिदले ३–३ विकेट लिए भने डेभिड विलीले दुई तथा क्रिस वोक्सले १ विकेट लिए । यसअघि बेन स्टोक्सको शतकको मद्दतले इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो ।

    प्रतियोगितामा इंग्ल्याण्डको यो दोस्रो जित हो । यो जितले इंग्ल्यान्डको च्याम्पियन्स ट्रफिका लागि छनोट हुने सम्भावना कायम रह्यो । अर्कोतर्फ हारले नेदरल्यान्ड्सको सेफिमाइनल प्रवेशको गणितीय सम्भावना पनि समाप्त भएको छ ।

    ८ खेलपछि इंग्ल्याण्डको ४ अंकसहित नेट रनरेटको आधारमा सातौँ स्थानमा उक्लिएको छ । समान अंक बोकेको नेदरल्याण्ड्स भने अंक तालिकामा पुछारमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार