Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनआक्रोश व्यवस्थामाथि होइन, नेतृत्व गर्ने व्यक्तिमाथि हो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बढ्दै गएको जनताको असन्तुष्टि र जनआक्रोश व्यवस्थाविरुद्ध नभएर नेतृत्व गर्ने व्यक्तिमाथि भएको बताएका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकर्फत यस्तो बताएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा प्रनिधिसभाका सांसदसमेत रहेका पौडेलले नेतृत्वमा सीप र क्षमता नभएकाले देश अघि बढ्न नसकेको बताए ।

‘बढ्दै गएको असन्तुष्टि र जनआक्रोश व्यवस्थामाथि होइन नेतृत्व गर्ने व्यक्तिमाथि हो । लङ ड्राइभमा जानका लागि ट्रायल पास गरेर मात्र पुग्दैन, स्कील र क्यापासिटी दुवै चाहिन्छ । यो भएन भने पुरानो लाइसेन्स हुँदैमा मात्र सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सकिँदैन,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077