Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३४० रनको लक्ष्य, स्टोक्सको शतक

    विश्वकप क्रिकेट : इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३४० रनको लक्ष्य, स्टोक्सको शतक

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 747
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई ३४० रनको लक्ष्य दिएको छ ।

    पुनेमा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रन बनायो । इङ्ग्ल्यान्डका बेन स्टोक्सले शतक बनाए । स्टोक्स ८४ बलमा १०८ रन बनाएर आउट भए ।



    यस्तै डेविड मलनले ८७ र क्रिस वोक्सले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ३ तथा आर्यन दत र लोगान भान बीकले समान २ विकेट लिए ।



    इङ्गल्यान्ड र नेदरल्यान्ड्स दुवै सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ । नेदरल्यान्ड्स ७ खेलमा ४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । इङ्ग्ल्यान्ड उति नै खेलमा २ अङ्कसहित पुछारमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार