Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एमालेले मंसिरदेखि मध्यपहाडी विशेष अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्नेछन् ।

अभियानका लागि नेता कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय गरेको छ । अभियान अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको टोली खटिने छ ।

अभियानअन्तर्गत विकासका समस्या पहिचान गर्दै सम्मृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077