काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
बुधबार अपरान्ह १२:४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताईएको छ ।
एमालेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप १ करोड रकम सहयोग गर्ने निर्णय गरेको छ।