काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई बैठक बोलाएको बताइएको छ ।
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते अवस्थामा रहेका छन् ।